आज विश्व रेडक्रस दिवस मनाइँदै

 

आव विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनको योगदानको कदर गर्दै विविध कार्यक्रम गरी विश्वभर मनाइन्छ । रेडक्रसका संस्थापक हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।

Karma Consultancy
belauri nagarpalika

सन् १८६४ मा जेनेभा सम्मेलनले आधिकारिक मान्यता दिएपछि यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा २०२० सालमा रेडक्रसको स्थापना भएको थियो। नेपालका ७७ वटै जिल्लामा रेडक्रसका शाखा, एक हजार बढी उपशाखा र ११ लाख बढी स्वयंसेवक आबद्ध छन् ।

citizen security services

रेडक्रसले युद्ध, प्राकृतिक विपत्तिमा परेकाको उद्धार तथा जीवनरक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, आँखा अस्पताललगायतका आकस्मिक सेवा प्रदान गर्दै आएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.