भारतमा डुंगा पल्टिँदा २१ जनाको मृत्यु

एजेन्सी – भारतको केरला स्टेटको मलप्पुरममा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ । यो घटना आइतबार साँझको हो । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एक अधिकारीले अहिलेसम्म २१ वटा शव निकालेको जानकारी दिए ।

maya metro hospital

करिब ४० जना यात्रु बोकेको डुंगा भीडभाड भएकाले पल्टिएको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका छ । करिब १० यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको र धेरैलाई प्राथमिक उपचारपछि फिर्ता पठाइएको छ ।

joshi vada pasal 2
raunak fals and silling

समाचार एजेन्सी एएनआईका अनुसार सोमबार बिहान ६ बजेदेखि मृतकको पोस्टमार्टम गरी आफन्तलाई शव बुझाइन थालिएको छ । केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थितिको आंकलन गर्न राति अबेर राति आपतकालीन बैठक बोलाएकी थिइन् । उनले घाइतेहरूको राम्रोसँग उपचार गर्न निर्देशन दिएकी छन् ।

केरलाका मुख्यमन्त्री विजय पिनाराईले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.