दार्चुलामा रोकिएको ट्याक्टर भीरमा खस्यो

दार्चुला – दार्चुलामा सडकमा रोकेर राखिएको ट्याक्टर भीरमा खसेको छ ।

maya metro hospital
raunak fals and silling

जिल्लाको दुहु गाउँपालिका–३ राता खलंगाबाट वालुवा लिएर दल्लुतर्फ गइरहेको सु.प.प्र. ०१००२ त ४९४२ नम्बरको ट्याक्टर आइतबार दिउँसो भीरमा खसेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २८ वर्षीय राजकुमार राना ट्याक्टरलाई सडकमा रोकेर पिसाब फेर्न गएका बेला सो ट्याक्टर आफै गुडेर करीब एक सय मिटर तल भीरमा खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्याक्टरमा चालक बाहेक अरु नभएका कारण मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.