कञ्चनपुरका डगौरामाथि बञ्चरो प्रहार भएको खुलासा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको बञ्चरोको प्रहारबाट मृत्यु भएको खुलेको छ । शनिबार गाउँलेहरुसँग बैजनाथ सामुदायिक वनमा काठ काट्न गएका उनको बञ्चरो प्रहारबाट मृत्यु भएको खुलेको हो । यसअघि रुखको हागा खसेर उनको मृत्यु भएको बताइएको थियो ।

maya metro hospital

काठ काट्ने क्रममा स्थानीय ५१ वर्षीय लालबहादुर डगौराले चलाइरहेको बञ्चरो उछिट्टिएर अनिलको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए । उनले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको बताए ।

उनीहरु मध्येका लालबहादुरले काठ काट्ने क्रममा बञ्चरो उछिट्टिएर उनलाई लागेको खुलेको उनले बताए । घटनास्थल नजिकैबाट प्रहरीले बञ्चरोलगायतका काठ काट्न प्रयोग हुने औजार नियन्त्रणमा लिएको छ । लालबहादुरमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप समेत गरिसकेको छ । उनीसँगै पक्राउ परेका ४ जनालाई परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

attariya hospital

यसैगरी, डिभिजन वन कार्यालय कञ्चनपुरले पनि अनुसन्धान गरिरहेको छ। छानविन गर्न शुक्लाफाँटा सवडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीको नेतृत्वमा टोली खटाइएको छ । सामुदायिक वनले रुख कटानका लागि आदेश समेत नलिएको पाइएको छ । छानविन समितिको प्रतिवेदनका आधारमा रुख काट्ने र काट्न लगाउनेमाथि वन ऐन अनुसार कारबाही गरिने डिभिवन कार्यालय कञ्चनपुरका प्रमुख सम्भु तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.