गोदावरीका किसानलाई कृषि उपकरण वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ र ७ का किसानहरुलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको ५० प्रतिशत अनुदानमा सयपत्री कृषक समुह र गोदावरी तरकारी नमूनागाउँ कृषक समन्वय समितिद्धारा कृषि सामाग्री विरण गरिएको हो ।

maya metro hospital

जस अन्तरगत २८ वटा च्याम्फा, बोरिङ २, पम्पसेट ३, मोटर ४, स्प्रे ६, तराजु ३, अर्थगर १ वटा वितरण गरिएको गोदावरी तरकारी नमूनागाउँ कृषक समन्वय समितिका अध्यक्ष तिलक चौधरीले बताएका छन् ।

उक्त सामग्री एक कार्यक्रमका बीच प्रदेश सरकारी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले किसानहरुलाई हस्तान्तरण गरेकी थिइन् ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.