‘चौकिडाँडाका सुकुम्बासी र वीपी स्मृति भवनलाई जोडेर अराजनीतिक शैली प्रस्तुत गर्नु खेदजनक छ’

अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर (४) ले चौकिडाँडाका सुकुम्बासी र वीपी स्मृति भवनलाई जोडेर अराजनीतिक शैली प्रस्तुत गर्नु खेदजनक भएको बताएको छ । आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कांग्रेसले गोदावरी नगरपालिका – १ मा शिलान्यास गरिएको वि पि स्मृति भवनलाई गोदावरी नगरपालिका – ३ चौकिडाँडामा सुकुम्बासीलाई सडकले आफ्नो क्षेत्र अधिकार भित्रको जग्गा खाली गराएको विषय संगै जोडेर केहि राजनितीक दलले अराजनीतिक शैली प्रस्तुत गरेको प्रती खेद प्रकट गरिएको हो ।

Karma Consultancy

क्षेत्रिय सभापति बसन्त रोकायाद्धारा जारी विज्ञप्तीमा उक्त जग्गा विगत देखि नै वीपी स्मृति भवन निर्माणका नाममा वृक्षारोपण गरेर सुरक्षित गरिदै आएको उल्लेख गरिएको छ । विज्ञप्तीमा चौकिडाँडामा रहेका सुकुम्बासीलाई वास्तविक सुकुम्बासीको पहिचान गरि उनिहरुको पुनः स्थापना गर्नुपर्नेमा नेपाली कांग्रेस प्रतिवद्ध रहेको जनाइएको छ ।

citizen security services
belauri nagarpalika

यसैबीच प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले बोलेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार सँग सम्बन्धित संस्थाहरुले उठाएका आवाजहरु प्रती नेपाली कांग्रेस सदैव सम्मान गर्ने उल्लेख छ ।

attariya hospital

‘हाम्रो पार्टीका सुदुर पश्चिम प्रदेश सभापति तथा यस क्षेत्रका प्रतिनिधि सभा सदस्य माननीय वीर बहादुर बलायरले बोलेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार सँग सम्बन्धित संस्थाहरुले उठाएका आवाजहरु प्रती नेपाली कांग्रेस सदैव सम्मान गर्दछ’ विज्ञप्तीमा भनीएको छ ‘संचार जगतले उठाएको विषयलाई सत्य तथ्य सँग जोडेर सार्वजनिक हुनु पर्ने कुरामा हामी सधै विश्वास गर्दछौं । संचार क्षेत्रलाई सत्य र तथ्यमा रहि आम जनतालाई सूचना प्रवाह गर्न पनि आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.