फेकोफन शुक्लाफाँटाको अध्यक्षमा भट्ट निर्वाचित

झलारी –  सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) शुक्लाफाँटाको अध्यक्षमा गणेशदत्त भट्ट सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूह कलुवापुरमा भएको अधिवेशनबाट भट्टको अध्यक्षतामा १३ सदस्यी समिति गठन गरिएको हो। भट्ट शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरस्थित जनज्योति सामुदायिक वनका अध्यक्ष समेत हुन् ।

maya metro hospital

महासंघको उपाध्यक्षमा जानकी ओझा, सचिवमा कमला साउँद र कोषाध्यक्षमा मोहनसिंह ऐर सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनमा सहभागी सबै सामुदायिक वनको प्रतिनिधित्व हुने गरी कार्यसमिति चयन गरिएको छ । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि समेत चयन गरेको छ ।

श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अम्मरबहादुर ऐरको अध्यक्षतामा भएको अधिवेशनमा फेकोफनका केन्द्रीय सदस्य धर्मसिंह कुँवर प्रमुख अतिथि रहेका थिए । अधिवेशनमा प्रदेश सदस्यहरू टेकबहादुर हमाल, शिवदत्त पन्त, लक्ष्मण कार्की, फेकोफन कञ्चनपुर जिल्ला अध्यक्ष लक्ष्मी साउँद लगायत अतिथि रहेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.