कैलालीबाट ब्राउन सुगर सहित प्रहरीकै हवल्दार पक्राउ

धनगढी – कैलालीमा लागुऔषधको तस्करी गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन् । शनिबार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन् ।

maya metro hospital

भारतीय बजार तिनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित २ जनालाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको जनाएको छ ।

joshi vada pasal 2

सुनार लम्कीचुहा नगरपालिका–२ मोतिपुरका बासिन्दा हुन् । सुनारसँगै लम्कीचुहाका २६ वर्षीय सागर घिमिरे पनि पक्राउ परेका छन् । उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए । सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत छन् ।

सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार वैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको बिदामा घर आएका बेला लागुऔषधसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले बताए । उनका अनुसार सुनारले ९ सय १० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाएर ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी भाटले बताए । यसअघि पनि कैलालीकै भजनीबाट नेपाल प्रहरीका जवानलाई सशस्त्र प्रहरीले ३० ग्राम लागूऔषधसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.