सांसद बलायरलाई अभिव्यक्ति सच्याउन दबाव

अत्तरिया – शुक्रबार पत्रकारका विरुद्ध चर्को अभिव्यक्ति दिएका प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर चर्को दबावमा परेका छन । पत्रकारले पीत पत्रकारीका गरेको भन्दै आक्रोशित हुँदै पत्रकार माथि खनिएका बलायरलाई उक्त अभिव्यक्ति सच्याउन दबाव परेको छ । उक्त अभिव्यक्ति पछि सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ भने विभिन्न संघसस्था र विपक्षी पार्टी एमालेले पनि अभिव्यक्ति सच्याउन दबाव दिइरहेको छ ।

maya metro hospital

नेपाल पत्रकार महासंघ कैलाली शाखाले बलायरलाई संचारमाध्यम विरुद्ध दिएको अभिब्यक्ति सच्याउन आग्रह गरेर प्रेस विज्ञप्ती नै जारी गरेको छ । अत्तरिया स्थित सामुदायिक वनको जग्गामा नेपाली कांग्रेस क्षेत्रीय कार्यालयको भवन सिलान्यास गरेको विषयमा विभिन्न संचारमाध्यममा प्रकाशित प्रसारित समाचारको विषयलाई लिएर सांसद बलायरले दिएको अभिब्यक्ति सच्याउन महासंघले आग्रह गरेको हो ।

पत्रकार महासंघको कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दै सांसद बलायरको अभिव्यक्ति प्रति पत्रकार महासंघ कैलालीको ध्यानाकर्षण भएको उल्लेख छ । ज्ञापन पत्रमा समाचारका बिषयमा असमति भएक कानुनीबाटो अपनाउनुको साटो पत्रकार विरुद्ध अभिव्यक्ति दिनु दुःखद भएको उल्लेख गरिएको छ ।

attariya hospital

‘समाचारका विषयलाई लिएर सार्वजनिक मञ्चमा पत्रकार विरुद्ध जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले पत्रकार र पत्रकारिता क्षेत्र प्रति अपमान गरिएको महासंघको ठहर छ’ विज्ञप्तीमा भनीएको छ ‘समाचारका विषयमा असहमति भए कानुनीबाटो अपनाउने विकल्प हुँदा हुँदै पत्रकार विरुद्ध अभिव्यक्ति दिनु दुःखद् हो । त्यसैले यस्ता अभिव्यक्ति सच्चाउन पत्रकार महासंघ आग्रह गर्दछ ।’

सांसद बलायरले शुक्रबार एक कार्यक्रममा पत्रकारका नाममा पित पत्रकारीता गरे पत्रकारलाई समाप्त गर्ने अभियान पनि हुनसक्ने बताएका थिए । उनले पत्रकारलाई लक्षित गर्दै स्टुडियोमा बसेर धज्जी उडाउन सजिलो होला तर मेरो पार्टीको कार्यकर्ता संग सामना गर्न गाह्रो होला भनेर धम्किपूर्ण अभिव्यक्ति पनि दिएका थिए । यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश र प्रेस चौतारी कैलालीले पनि उक्त अभिव्यक्ति सच्याउन माग गरेका छन ।

नेकपा एमाले गोदावरी नगर कमिटीले वीपी स्मृति नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालय निर्माणको काम रोक्न माग गर्दै धम्कीपूर्ण भाषा लोकतन्त्रको उपहास भएको जनाएको छ । एमालेका नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले एक प्रेस विज्ञप्ती जारी गर्दै वन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यालय स्थापना गर्न खोज्नु अराजनैतिक, अमर्यादित तथा कानुन बनाउने व्यक्तिद्धारा कानुनको ठाडो उल्लघन भएको भन्दै चौकीडाँडामा टहरा भत्काएको र पार्टी कार्यालय स्थापना गरिएको घटनाको चौतर्फि विरोध भइरहदा उल्दै धम्की पूर्ण भाषा प्रयोग गर्नु लोकतन्त्रको उपहास भएको उल्लेख गरिएको छ ।

‘राज्यको सम्पत्तिको रुपमा रहेको वन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यालय स्थापना गर्न खोज्नु अराजनैतिक, अमर्यादित तथा कानुन बनाउने व्यक्तिद्वारा कानुनको ठाडो उल्लंघन गरेको देखिन्छ । यस्ता गैर कानुनी तथा अवैधानिक रुपमा वन अतिक्रमणको सत्यतथ्य समाचार सम्प्रेषण गर्ने राज्यको चौथो अंगका रुपमा स्थापित तथा विभिन्न परिवर्तनका आन्दोलनमा अत्यन्तै महत्वपूर्ण भूमिका निभाएको प्रेस जगतलाई समाप्त पार्ने असिष्ट र अमर्यादित अभिव्यक्तीको घोरनिन्दा तथा भर्त्सना गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ‘२०८० बैशाख १९ गते गोदावरी नगरपालिका वडा नं. ३ स्थित अव्यवस्थित तथा सुकुम्बासीहरुको झुपडीमा डोजर चलाउने र २०८० बैशाख २१ गते माननीय ज्यू नै वन अतिक्रमण गरी पार्टी कार्यालय शिलान्यास गर्ने जस्ता कार्यको गोदावरी बासी लगायत सम्पूर्ण आम नागरिकबाट विरोध आइरहदा जनताको कुरा सुनेर समस्या समाधान गर्नुको साटो विभिन्न कार्यक्रमहरुमा हाम्रो पार्टी नेकपा एमालेका नेताहरुलाई तल्लो तहमा गिरेर अमर्यादित, असभ्य, स्तरहिन, निक्रिष्ट, अप्रसंग शब्द प्रयोग गर्दै धम्की पूर्ण भाषा प्रयोग गर्नुले माननीय पदको मर्यादामाथि प्रश्न चिन्ह खडा हुनुका साथै लोकतन्त्रको समेत उपहास गरिएको छ ।’

विज्ञप्तीमा वास्तविक सुकुम्बासीहरुको न्यायोचित व्यवस्थापन गर्न पनि माग गरिएको छ ।

उक्त अभिव्यक्ति पछि सामाजिक संजालमा पनि राजनीति दलहरुबीच दोहरी नै चलिरहेको छ । जसका कारण सामाजिक सदभाव समेत खलबलिने चिन्ता स्थानीयले गर्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.