सांसद बलायरलाई अभिब्यक्ति सच्चाउन पत्रकार महासंघ कैलालीको आग्रह

अत्तरिया – नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरलाई संचारमाध्यम विरुद्ध दिएको अभिब्यक्ति सच्याउन आग्रह गरेको छ ।

maya metro hospital

अत्तरिया स्थित सामुदायिक वनको जग्गामा नेपाली कांग्रेस क्षेत्रीय कार्यालयको भवन सिलान्यास गरेको विषयमा विभिन्न संचारमाध्यममा प्रकाशित प्रसारित समाचारको विषयलाई लिएर सांसद बलायरले दिएको अभिब्यक्ति सच्याउन महासंघले आग्रह गरेको हो ।

joshi vada pasal 2

पत्रकार महासंघको कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दै सांसद बलायरको अभिव्यक्ति प्रति पत्रकार महासंघ कैलालीको ध्यानाकर्षण भएको उल्लेख छ । ज्ञापन पत्रमा समाचारका बिषयमा असमति भएक कानुनीबाटो अपनाउनुको साटो पत्रकार विरुद्ध अभिव्यक्ति दिनु दुःखद भएको उल्लेख गरिएको छ ।

‘समाचारका विषयलाई लिएर सार्वजनिक मञ्चमा पत्रकार विरुद्ध जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले पत्रकार र पत्रकारिता क्षेत्र प्रति अपमान गरिएको महासंघको ठहर छ’ विज्ञप्तीमा भनीएको छ ‘समाचारका विषयमा असहमति भए कानुनीबाटो अपनाउने विकल्प हुँदा हुँदै पत्रकार विरुद्ध अभिव्यक्ति दिनु दुःखद् हो । त्यसैले यस्ता अभिव्यक्ति सच्चाउन पत्रकार महासंघ आग्रह गर्दछ ।’

सांसद बलायरले शुक्रबार एक कार्यक्रममा पत्रकारका नाममा पित पत्रकारीता गरे पत्रकारलाई समाप्त गर्ने अभियान पनि हुनसक्ने बताएका थिए । उनले पत्रकारलाई लक्षित गर्दै स्टुडियोमा बसेर धज्जी उडाउन सजिलो होला तर मेरो पार्टीको कार्यकर्ता संग सामना गर्न गाह्रो होला भनेर धम्किपूर्ण अभिव्यक्ति पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.