महेन्द्रनगर – कञ्चनपुरमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न गएका शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको रुखबाट खसेर मृत्यु भएको हो ।
गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो ।
उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु-याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ ।
‘अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन’, प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ ।