कञ्चनपुरमा सशस्त्र प्रहरीका सईमाथी खुकुरी प्रहार

कञ्चनपुर – कञ्चनपुरमा सशस्त्र प्रहरीका सईमाथी खुकुरी प्रहार भएको छ ।

Karma Consultancy

दोधारा चाँदनी नगरपालिकाको बोर्डर आउट पोस्ट (बीओपी) मा ड्युटीमा खटिएका कञ्चनभोजस्थित बीओपीका प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।

citizen security services

पोस्टनजिकै शुक्रबार राति साढे १० बजे ४/५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको बताईएको छ । खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.