पञ्चेश्वरमा डुङ्गा नचल्दा समस्या

 

बैतडी – महाकाली नदी तर्ने डुङ्गा भारतीय सुरक्षाकर्मीले बिनाकारण बन्द गरेपछि सीमा क्षेत्रमा आर्थिक तथा सामाजिक कार्यमा समस्या परेको छ । नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको पञ्चेश्वरमा पुल नहुँदा डुङ्गाबाट दुई देशका नागरिक सीमा वारि–पारि गर्दै आएका छन् । कोरोना महामारीका बेला २०७६ साल चैतमा डुङ्गा चल्न बन्द भयो ।

maya metro hospital

त्यसयता पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दु–विनायक घाटमा भारतीय सीमा सुरक्षा बलले डुङ्गा चल्न दिएको छैन । पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले महाकाली नदी तर्ने डुङ्गा बन्द हुँदा धार्मिक पूजाआजा, वैवाहिक कार्य, औषधोपचार लगायतका काममा बाधा परेको बताए ।

citizen security services

उनले भने, “बैतडीको ६५ किलोमिटर भूभाग महाकाली नदी किनारले दुई देशको सीमा छुट्याएको छ । बैतडीको सीमामा भारतका पिथौरागढ जिल्ला र चम्पावत जिल्ला पर्छन् । चम्पावत जिल्लामा पर्ने महाकाली नदीका घाट सञ्चालनमा छन् तर पिथौरागढ जिल्ला ओहोरदोहोर गर्ने घाट बिनाकारण बन्द भएका छन् ।”

attariya hospital

उनले भारतको पिथौरागढ जिल्लाका नागरिक पूजापाठ गर्न पञ्चेश्वरमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल गणमेश्वर, कैलपाल र उदयदेव मन्दिर ट्युबको सहारामा नदीमा जोखिम मोलेर आउने गरेको बताए ।

पञ्चेश्वर गाउँपालिकाले डुङ्गा चल्ने घाटमा बोलपत्र आह्वान गरेर ठेक्कासमेत दिइसकेको छ । डुङ्गा चलाउन स्थानीय सुरेन्द्र चन्दले ६६ हजार रुपैयाँ तिरिसकेका छन् । उनले एक लाख २० हजार रुपैयाँ खर्च गरेर डुङ्गा निर्माण गरेर घाटमा पु¥याए पनि थन्किएको बताए ।

काठबाट निर्मित डुङ्गाको म्याद एक वर्ष मात्रै हुने भएकाले डुङ्गा बिग्रँदै गएको र लगानी खेर गएको उनको भनाई छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.