कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका – ९ खल्लामसेट्टीमा करेन्ट लागेर ट्रक चालक बाँकेको राप्तीसोनारी गाउँपालिका–२ समशेरगञ्जका ३२ वर्षीय खुमबहादुर रोक्काको मृत्यु भएको हो ।

नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा घाइते भएका रोक्काको उपचारका क्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका रोक्कालाई तत्काल अस्पताल पु¥याइएको भएपनि महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए ।
