शून्य नतिजा आएका विद्यालयलाई धनगढीका मेयरले १० लाख दिने

धनगढी – धनगढी उपमहानरपालिकाका मेयर गोपाल हमालले १७ विद्यालयलाई आफ्नो तलब सुविधाको १० लाख रकम दिने भएका छन् । आधारभूत तहको परीक्षामा शून्य नतिजा आएका ती सामुदायिक विद्यालयलाई उनले रकम उपलब्ध गराउन लागेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

शुक्रबार शून्य नतिजा आएका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूलाई नगरपालिकामै बोलाएर मेयर हमालले समस्या बारे छलफल गरेका थिए । उनले शून्य नतिजा आएका विद्यालयहरूको शैक्षिक गुणस्तर बढाउने योजना बनाउन पनि सुरु गरेका छन् ।

citizen security services

‘अधिकांश विद्यालयका प्रधानाध्यापकको भनाइ विद्यालयमा आउने विद्यार्थीहरूले कपि र कमल नल्याएर आउने गरेका कारण नतिजा शून्य आएको गुनासो गरे । गरिबीका कारण उनीहरूसँग कापी र कलम किन्ने पैसा छैन । त्यसैले मैले मेरो तलबबाट आउने रकममा केही थपेर ती बालबालिकाका लागि १० लाख दिने घोषणा गरेको छु,’ मेयर हमालले भने ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.