अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी क्षेत्रमा आफै उम्रिएका गाँजाका बोट नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले धनगढी उप–महानगरपालिका अन्तर्गत बिभिन्न स्थानहरुमा उम्रिएका गाँजाका बोट नष्ट गरेको हो ।


सो क्रममा करिब ढाइ बिगाहा क्षेत्रमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

उक्त अभियानमा प्रहरी सहित दशरथ चन्द बैतडी बिद्यार्थी समाज कैलाली, ग्रिन क्लिन केएमसी क्लव, राष्ट्रिय गोजुरियो कराते, स्थानीय सर्वसाधारण आमा समुह र युवा संघ संस्थाहरुको सहभागितामा रहेको थियो ।
