अत्तरियामा खुल्यो रुजुकोट दरबार

अत्तरिया – कैलालीको अत्तरियामा नयाँ होटल सञ्चालनमा आएको छ । अत्तरियाको धनगढी रोडमा होटल रुजुकोट दरबार सञ्चालनमा आएको हो । बैतडीको पुर्चाैडि नगरपालिका वडा नं. १० महरागाउँ घर भएका महेश बहादुर महराले करिब ३५ लाखको लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन ।

maya metro hospital

होटलको शुक्रबार गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना चोखालले उद्घाटन गरिन । उद्घाटन पश्चात बोल्दै अध्यक्ष चोखालले अत्तरिया क्षेत्रमा होटल व्यवसाय विस्तार हुनु खुसीको कुरा भएको बताईन । उनले होटलहरुका कारण यस क्षेत्रमा पर्यटन प्रर्वद्धन हुने विश्वास व्यक्त गरिन । आर्थिक मन्दीको समयमा पनि होटल व्यवसाय सञ्चालन गरेको भन्दै सञ्चालकलाई उनले धन्यवाद ज्ञापन गरिन । उनले आफ्नो क्षेत्रका परिकारहरुको प्रर्वद्धनका होटल सञ्चालन गर्नु आफैमा एकदमै राम्रो काम भएको बताईन । उनले गोदावरी होटल व्यवसायी संघ र होटल व्यवसायी महासंघ को तर्फबाट आफुले गर्नुपर्ने सहयोग सदैव रहने प्रतिवद्धता व्यक्त गरिन ।

होटल सञ्चालक महेश बहादुर महराले सुदूरपश्चिमका स्थानिय परिकारहरुको प्रर्वद्धन गर्ने उद्देश्यले होटल सञ्चालमा ल्याएको बताए । उनले होटलमा सुदूरपश्चिममा पाईने फापर, कोदो, गुन्द्रुक, बटुक, ढिडो, गतानी डुब्का, फाणो लगायतका स्थानिय परिकारहरुको स्वाद लिन पाईने बताए ।

attariya hospital

उनले विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुका उत्पादनलाई बजार सम्म ल्याएर त्यसको प्रर्वद्धन गर्ने योजना रहेको बताए । त्यसका साथै होटलमा पिज्जा बर्गरका परिकारका साथै ईन्डियन चाईनिज परिकारहरु पनि उपलब्ध रहने बताए ।
यस अघि कोरियामा काम गर्दै आईरहेका महराले कोरियाको भिसा छाडेर आफुले होटलमा हात हालेको बताए ।

उनले नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले कोरियाका लागी आएको भिसा त्यागेर आफुले होटल सञ्चालन गरेको र त्यसमा विशुद्ध सुदूरपश्चिमेली अर्गानिक खानेकुराहरु प्रदान गरिने बताए । प्रदेशकै ट्रान्जिट प्वाईन्टका रुपमा रहेको अत्तरियामा सुदूरपश्चिमका अर्गानिक खानेकुराको स्वाद दिने आफ्नो लक्ष्य रहेको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.