बुद्ध जयन्तीको अवसरमा अत्तरियामा शान्ति पदयात्रा

अत्तरिया – कैलालीको अत्तरियामा आज बुद्धजयन्ती मनाईएको छ । अत्तरियामा रहेको अहिंसावादी विश्व शान्ती धर्म चक्र बौद्ध गुम्बा र लालपुरमा रहेको साधना पथ एकेडेमीले बुद्धजयन्ती मनाएका हुन ।

Karma Consultancy

उनिहरुले अत्तरिया बजार परिक्रमा गर्दै २५६७ औ बुद्धजयन्तीको अवसरमा शान्ति पदयात्रा आयोजना गरेका थिए । उक्त पदयात्रामा गुम्बाका पुजारी, तथा विद्यार्थीहरुका साथै साधना पथ एकेडेमीका शिक्षक एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो । शान्ती पदयात्रामा विद्यार्थीहरुले भगवान गौतम बुद्धका सन्देशहरु लेखिएका पम्पलेटहरु बोकेका थिए भने भगवान बुद्धको मुर्ति सहित राखिएको थियो ।

citizen security services

attariya hospital
belauri nagarpalika

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब २ हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा भएको थियो । बुद्ध २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति गरेका थिए ।

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि (प्रज्ञा, शील र समाधि) पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् ।

बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.