गोदावरीमा एउटै सडकमा दुई मापदण्डका नाला बनाउन खोज्दा विवाद

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ विजयनगरमा नाला निर्माणका क्रममा विवाद भएको छ । सो क्षेत्रमा एउटै सडकमा दुई मापदण्ड बनाएर नाला बनाउन खोज्दा विवाद भएको हो । विवाद भएपछि हाल काम पनि रोकिएको छ । करिब ६५० मिटर उक्त सडकमा यसअघि ३१ फुट चौडा नाला निर्माण गरिएको भएपनि हाल गोदावरी नगरपालिकाले २८ फुटमा नाला निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

maya metro hospital

यसअघि उक्त क्षेत्रमा ३१ फुट सडक चौडाइ हुने गरी आधा भन्दा बढी नाला निर्माणको काम प्रदेश सरकारबाट सम्पन्न भइसकेको छ भने केहि निर्माणाधिन अवस्थामा रहेको छ ।

joshi vada pasal 2

हाल गोदावरी नगरपालिकाले पुर्वपश्चिम राजमार्ग देखि ७० मिटर नाला निमार्ण गर्दा भने २८ फुटमा काम गर्न थालिएपनि एकै सडक २ किसिमको हुने भन्दै स्थानीयले विरोध गरेका हुन् । स्थानीय सागर भट्टले सडकको प्रदेशद्धारमा चौडाइ घटाइन थालेपछि विवाद भएर काम रोकिएको बताए । उनले असअघि निर्माण गरिएको सडक सरह सो क्षेत्रमा पनि ३१ फुट कायम गरिनुपर्ने बताए । स्थानीय राम विकले हाल केही व्यक्तिका घर संरचना भत्किन थालेपछि २८ फुट राख्न केही व्यक्तिले दवाव दिएपछि काम प्रभावित भएको बताए ।

raunak fals and silling

उक्त सडकको एकातर्फ सशस्त्र बाहीनीको पर्खाल रहेको छ भने अर्को तर्फ स्थानीयका घर रहेका छन । सशस्त्रको पर्खाल तर्फको ७० मिटरको एकतर्फी नालाको काम सकिएको छ । वस्ती भएको तर्फबाट मात्रै सडकको चौडाई बढाउन खोजिएपनि विवाद भएपछि काम प्रभावित भएको हो ।

उक्त नाला निर्माणका लागि गोदावरी नगरपालिकाले खप्तड कन्ट्रक्सन संग ठेक्का सम्झौता गरेको थियो । कन्ट्रक्सनका संचालन दिपक कुँवरले वस्ती तर्फको ७० मिटर नाला बनाउने काम सुरु गरेपनि विवाद भएपनि रोकिएको बताए ।

‘सुरुमा ३१ फुट नै हुने भनेर काम सुरु गरेका थियौ । पछि नक्सामा २८ फुट भएकाले २८ फुट रहने गरी काम गर्न स्थानीयले भनेपछि २८ फुटमै काम गर्दा पुन विवाद भएपछि काम रोकिएको हो’ उनले भने ‘विवाद भएपनि आफूले काम रोकेर नगरपालिकालाई जानकारी दिएको छु ।’ उनले नगरपालिकाले विवाद मिलाएपछि मात्रै आफूले काम गर्ने बताए । उनले गोदावरीका ४ ठाउँमा नाला निर्माण गर्नको लागि ४० लाखमा ठेक्का सम्झौता भएको बताए ।

वडा नम्बर १ का वडा अध्यक्ष एवम प्रवक्ता गोपाल दत्त भट्टले सो ठाउँमा सडकको चौडाइ घटाउन थालेपछि विवाद भएको कुरा आफूले ठेकेदार मार्फत जानकारी पाएको बताए । उनले केही घर सडकमा परेकाले नाला घटाउन खोजिएकाले त्यसको समस्या सामाधानका लागि आफूले स्थलगत अवलोकन पनि निर्णय लिने बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.