कञ्चनपुरबाट लागूऔषधसहित तीन युवक पक्राउ

धनगढी – कञ्चनपुरबाट लागूऔषध सहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पुनर्वास नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।

maya metro hospital

कञ्चनपुर प्रहरीका अनुसार बुधवार राति पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित दोदा पुल नजिकबाट प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

citizen security services

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका १८ वर्षीय सागर राना रहेका छन् ।

attariya hospital

उनीहरूको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.