बैतडी – बैतडीमा गिट्टीका थुप्रोमा भेटिएको शरीरबिनाको टाउको कसको भन्ने पहिचान हुन सकेको छैन । पाटनमा गत आइतबार सडक निर्माणका लागि ल्याएको गिट्टीको थुप्रोमा फेला परेको मानिसको टाउको कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा टाउको फेला परेपछि प्रहरीले पहिचानका लागि अनुसन्धान गरिरहेको बताएको छ ।
हाल टाउको परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उक्त रिपोर्टपछि डिएनए परीक्षणका लागि पनि पठाइने प्रहरी निरीक्षक जोशीले बताए ।