‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ’ माधव नेपाल

धनगढी – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका हुन ।

maya metro hospital

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले बताएको अध्यक्ष नेपालको भनाइ छ । ‘रास्वपालाई सरकारमा ल्याउँन पहिले पनि सरकारमा ल्याउनेबारे सहमति भइसकेको थियो । हामीले त ल्याउनुपर्छ भनेका छौँ । शेरबहादुरजी र प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ भनेको छु,’ उनले भने ।

joshi vada pasal 2
raunak fals and silling

बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि त्यसबारे कुराकानी भएको उनले बताए । चुनाव पहिले पनि ल्याउने कुरा भए पनि लागु हुन नसकेको बताउँदै अब ल्याउनेबारे छलफल हुने उनको भनाइ छ । उनले रास्वपाका सभापति रवि लामिछानेलाई नेकपा (एमाले) ले प्रधानमन्त्रीको अफर गरेको भन्ने विषयमा उनले हल्लाहरू भइरहने बताए । ‘प्रधानमन्त्रीको अफर भयो । के भए भएनन् ।

यस्ता कुरा भइरहन्छन् । हल्ला–हल्ला हुन्छन । मलाई कसैले भनेको छैन’ उनले भने । लामिछानेको नागरिकता र पासपोर्टको मुद्दा रहेकाले गृहमन्त्रालयको जिम्मा दिन मिल्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने, ‘पदको दुरुपयोगका काम गर्न पाइदैन । उहाँसँग जोडिएका विषयमा सिधै मेरो मुख नखोलाउँदा राम्रो हुन्छ’ अध्यक्ष नेपालले भने, ‘मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनावअघि नै टुंगो भइसकेको थियो ।’

उपचुनावअघि पनि सरकारमा ल्याउने सहमति भएको भन्दै उनले भने, ‘निर्वाचनका कारण रोकिन पुग्यो । अहिले पनि कुराकानी भइरहेको छ ।’ बुधबार मात्र पनि प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच कुराकानी भएको उनले सुनाए । उनले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताए । प्रदेश सरकारहरुलाई छिट्टै पूर्णता दिने समेत नेता नेपालले बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.