बैतडी – जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन् । यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । अब बिदाको दिन सबै वडा कार्यालय, स्वास्थ्य सस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सञ्चालन हुनेछ ।
नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था गरेअनुरूप गाउँपालिकाले पनि सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)
यसअघि जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । प्रशासनले सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
सरकारले २०८० मा सार्वजनिक बिदा दिइएको विभिन्न २४ वटा बिदाका दिनमा पनि सरकारी सेवा दिने निर्णय गरेको थियो । २०८० मा शनिबार बाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।