कञ्चनपुर – जबरजस्ती करणी आरोपमा कञ्चनपुरबाट एक किशोर पक्राउ परेका छन । बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरलाई करणी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि कञ्चनपुरकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएकी थिइन् ।
अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताएका छन ।