अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा अवरुद्ध गरिएको सडक सुचारु भएको छ । सोमबार डिभिजन वन कार्यालयले सो क्षेत्रमा सुकुम्बासीले वन र सडक अतिक्रमण गरेर निर्माण गरेर निर्माण गरेका टहरा भत्काएपछि उनीहरुले सो क्षेत्रमा अवरुद्ध गरेको पुर्व पश्चिम राजमार्ग सुचारु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले केही बेर स्थानीयले सडक अवरुद्ध गरेपछि पछि सम्झाई बुझाइ सुचारु गरिएको बताए ।

वादी समुदायको बसोबास रहेको सो क्षेत्रमा घर टहरा भत्काएपछी आफुहरुको विचल्ली भएको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका थिए ।

वन कार्यालयले पहाडी क्षेत्रबाट ठूलो संख्यामा आएका सुकुम्बासीले पनि सो क्षेत्रमा वन अतिक्रमण गर्न थालेपछि सोमबार डोजर प्रयोग गरेर हताएको थियो । वन कार्यालयले सो क्रममा पहिले देवी सो क्षेत्रमा सडक किनारामा बस्दै आएका बादी समुदायका टहरा पनि भत्काएको थियो ।