महाकालीमा डुबेर एक जनाको मृत्यु By अत्तरिया अनलाइन On बैशाख १९, २०८० १८:४० सांकेतिक फोटो कञ्चनपुर — महाकाली नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–१० प्रधान टोलका ७५ वर्षीय रनुनाथको मृत्यु भएको हो । सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार बिहान महाकाली नदीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।