कञ्चनपुरबाट जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सशस्त्र प्रहरी पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट नाबालिकामाथि जर्बजस्ती करणी गर्न खोजेको आरोपमा एक जना सशस्त्र प्रहरी हवल्दार पक्राउ परेका छन । सोमबार प्रहरीले भीमदत्त नगरपालिका–९ ब्रम्हदेव घर भएका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई नाबालिकामाथि जर्बजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

maya metro hospital

ति सशस्त्र प्रहरीले आइतबार मध्यरातमा मदिरा सेवन गरी१५ वर्षीया नाबालिक सुतेको घरमा जर्बजस्ती प्रवेश गरेका थिए । ती नाबालिक कराएपछि उनी मोबाइलसहितका सामान त्यहीँ छाडेर भागेका थिए ।

joshi vada pasal 2

पीडित नाबालिकका आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन । अमरसिंहविरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत थिए । मुद्दा दर्ता भएपछि बुढा स्वत निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.