बेलौरी नाका सञ्चालन गर्न माग

कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी भन्सारनाका सञ्चालन गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाइएको छ । बेलौरी नगरपालिकाले सोमबार बेलौरी पुगेका परराष्ट्रमन्त्री साउदलाई भन्सार नाका विस्तारको माग अघि सारेर ज्ञापनपत्र बुझाएको हो ।

maya metro hospital
raunak fals and silling

बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले मुख्य गरेर भन्सारनाका सञ्चालन, भारतीय एसएसबीले बेलौरी नगरपालिका–८, पचुईस्थित हुलाकी सडक र सोही सडकमा विद्युत् विस्तारमा अवरोध पु-याएको भन्दै सडक र विद्युतको माग अघि सार्नुका साथै बेलौरीको सीमा विवाद टुंग्याउनुपर्ने विषय अघि सारेर ज्ञापनपत्र बुझाएको बताए ।

joshi vada pasal 2

‘हामीले पहिल्यैदेखि बेलौरी नाका विस्तारको माग अघि सार्दै आएका छौँ, ‘मेयर चौधरीले भने, ‘यसै सिलसिलामा आज परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ ।’ भारतसँग जोडिएको सीमा समस्यासमेत रहेको विवाद निरूपणका लागि मेयर चौधरीले परराष्ट्रमन्त्रीलाई आग्रह गरेका छन ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.