कञ्चनपुरमा चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा बुवाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

Karma Consultancy
belauri nagarpalika

चिर्पट प्रहार गरी बुवाको हत्या गर्ने जिल्लाको पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खडकालाई मङ्गलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

citizen security services

घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए ।

attariya hospital

बुवाको हत्या गरेर भाग्न खोजेका गणेश अहिले प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.