तीन दिनसम्म वर्षाको अनुमान

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ। यो अवधिमा मेघगर्जन र चट्याङसहितको वर्षाका कारण विभिन्न क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

maya metro hospital

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णालीका थोरै स्थान र अन्य पहाडी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

joshi vada pasal 2

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

raunak fals and silling

कोशी,कर्णाली​ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने र बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केहीस्थानमा र देशका बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

बिहीवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.