अत्तरिया – कैलालीको अत्तरियामा स्नुकर च्याम्पीयनसिप हुने भएको छ । अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबले अत्तरियाक्षेत्रमा पहिलो पटक गोदावरी नगरस्तरिय स्नुकर च्याम्पीयनसिपको आयोजना गर्ने भएको हो ।

प्रतियोगीताको विजेतालाई नगद रु. २० हजार प्रदान गरिने आयोजक पिएफए स्पोट्र्स क्लबका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए । उनका अनुसार प्रतियोगीताको द्धितिय पुरस्कार रु. १० हजार, तृतिय पुरस्कार रु. ५ हजार र चौथो पुरस्कार रु. २ हजार नगद तोकिएको छ ।

यही वैशाख २३ र २४ गते अत्तरियामै रहेको बिएसटि स्नुकर क्लबमा प्रतियोगीता सञ्चालन गरिने उनले बताए ।