अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा सुकुम्बासीका टहरा भत्काउँदा अवरोध गर्ने ३ जनालाई नियन्त्रणमा लिइएको छ ।

पुर्वपश्चिम राजमार्ग किनारामा टहरा निर्माण गरेर बसेका सुकुम्बासीहरुका टहरा भत्काउदाँ अवरोध गर्ने मिठ्ठु वादी सहित ३ जनालाई वनकै कर्मचारीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई हाल इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ । तिनै जना प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन् ।
अलिले पनि चौकीडाँडा क्षेत्रमा वन अतिक्रमण गरेर निर्माण गरेका टहरा हटाउने कार्य जारी रहेको छ ।
सम्बन्धित समाचार : गोदावरीमा करिब साढे ४ सय सुकुम्बासीका टहरा भत्काइए