गोदावरीमा करिब साढे ४ सय सुकुम्बासीका टहरा भत्काइए

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सडक तथा वन अतिक्रमण गरेर निर्माण गरिएका करिब साढे ४ सय टहरा भत्काइएका छन । डिभिजन वन कार्यालय धनगढीले गोदावरी नगरपालिका – ३ चौकीडाँडा क्षेत्रमा पुर्व पश्चिम राजमार्ग किनारामा निर्माण गरेका टहरा भत्काएको हो ।

maya metro hospital

डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम प्रसाद ढकालले अहिले पनि सो क्षेत्रमा वन अतिक्रमण गरेर निर्माण गरेका टहरा भत्काउने काम जारी रहेको छ ।

joshi vada pasal 2

अतिक्रमण हटाउन २ वटा जेसीवी प्रयोग गरिएको छ । स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर अतिक्रमण हटाउने काम भइरहेको निमित्त प्रमुख ढकालले बताएका छन ।

सो क्षेत्रमा  केही परिवार लामो समय देखि सडक किनारामा बस्दै आएका भएपनि पछिल्लो १ साता यता सुदूरपश्चिमका पहाडी जिल्लाबाट जग्गा पाउने भन्दै सयौंको संख्यामा मानिसहरु आएर टहरा निर्माण गएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.