धनगढी – कैलालीमा खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले पछिल्लो समय पत्रकारिता क्षेत्रको विस्तार भइरहेको बताए ।
कार्यक्रममा वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालयका खेल तथा विज्ञानका प्राध्यापक शुशील नरसिंह राणा, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नवीन लुइँटेल, टेलिभिजन खेल पत्रकार अनन्त वाग्ले र खेल पत्रकार यज्ञराज जोशीले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले जानकारी दिएका छन ।
प्रशिक्षणमा कैलालीका ३० जना पत्रकारको सहभागिता रहेको छ ।