बैतडीमा सर्पले टोकेपछि वैद्यको भर पर्दा एक महिलाको मृत्यु

बैतडी – बैतडीमा सर्पले टोकेकी महिलालाई वैद्यकहाँ झारफुक गर्न लगिदा १ महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका –२ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारलाई सर्पले टोकेपछि वैद्यकहाँ लगिएपछि मृत्यु भएको हो ।

maya metro hospital

शनिबार साँझ गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टाउकोमा टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन ।

joshi vada pasal 2

सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्य कहाँ झारफुकका लागि पुर्याएको र उतै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए । मृतक लुहारको शव पोष्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.