बाजुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु
बाजुरा – बाजुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका – ५ भुका खोलामा नुहाउने क्रममा डुबेर स्वामिकार्तिक खापर गाउँपालिका – २ कि १८ बर्षिया प्रमिला कुमारी विकको मृत्यु भएको हो ।
स्वामिकार्तिक खापर गाउँपालिकाबाट साथिहरुसंग खट्ट पिस्न आएकी विक दिउँसो खोलामा नुहाउन गएको बेला डुबेको स्थानीयले बताएका छन । प्रमिला रघुमाता माध्यामिक बिद्यालयमा कक्षा ९ मा अध्यायन गरिहेकी थिइन ।