कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मानव कंकाल भेटिएको छ । नगरपालिकाको वडा नम्बर ११ स्थित कालिका सामुदायिक वनमा आइतबार मानव कंकाल भेटिएको हो । शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ ।

उक्त स्थानमा दाउरा काट्न जाने क्रममा आइतबार बिहान करिब ९ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय झलारीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।
जङ्गलमा भेटिएको शव सडेर कंकाल मात्रै बाँकि रहेकोले कुनै किसिमको परिचय नखुलेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए ।