बैतडी – बैतडीका पछिल्लो समय आधुनिक कृषि उपकरणहरुमा किसानहरुको आर्कषण बढ्न थालेको छ । विगतको तुलनामा आधुनिक कृषि उपकरणहरुमा जिल्लाका किसानहरुको आकर्षण बढ्दै गएको हो । कम मिहनेत, थोरै समयमा धेरै काम गर्न सकिने भएपछि कृषि उपकरणमा किसानहरुको आकर्षण बढ्दै गएको बताईएको छ ।

पछिल्लो समयमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले आधुनिक कृषि औजार तथा उपकरण खरीदमा अनुदान दिन थालेपछि किसानहरुको यसमा आकर्षण बढ्दै गएको छ । खेत जोत्ने मिनिटिलरका साथै धान गहुँ चुट्ने थ्रेसर मेसिनको प्रयोग बढ्दै गएको पाटन नगरपालिका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।

खेत जोत्नका लागि ट्याक्टर तथा मिनिटिलरको प्रयोग पनि बढ्दै गएको छ । डिलाशैनी गाउँपालिकाले अनुदानमा थ्रेसर उपलब्ध गराएपछि स्थानीय किसान खुसी भएका छन् । उनीहरु अहिले गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गरिरहेका स्थानीय तेजराज जोशीले बताए । आधुनिक कृषि उपकरणले किसानहरुलाई सहज भएको उनले बताएका छन ।