शुक्लाफाँटाद्धारा आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १३औ नगरसभाले आगामी आर्थिक वर्षका लागी निति तथा कार्यक्रम निर्माण गरेको हो ।

maya metro hospital

नगरसभामा नगरप्रमुख रणबहादुर महराले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा नगरपालिकाले कृषिलाई विशेष प्राथमिकताका राखेको छ ।

joshi vada pasal 2

निति तथा कार्यक्रममा कृषिलाई व्यवसायीकरण तथा यान्त्रीकरण गरिने उल्लेख गरिएको छ । त्यसका साथै एक गाउँ एक उत्पादनसँगै सम्भाव्य क्षेत्रहरुको पहिचान गरी पकेट क्षेत्र विस्तार गरिने बताईएको छ ।

नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणका लागि कृषि हाटबजार तथा संकलन केन्द्र सञ्चालन गर्ने, तरकारी तथा फलफूलको आपूर्तिका लागि शीत भण्डार निर्माण गर्ने, व्यावसायिक खेतीका लागि कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, किसानको पहिचान गरी कृषक परिचयपत्र वितरण गर्ने लगायतका कृषिक्षेत्र सम्बन्धीका योजनाहरु निति तथा कार्यक्रममा समावेश गरिएका छन ।

त्यसका साथै पशु स्वास्थ्य सेवा सुदृृढीकरणका लागि पशु चिकित्सकको व्यवस्था, पशु सेवा केन्द्र झलारीको स्तरोन्नति गरी प्राथमिक प्रयोगशाला विस्तार गर्ने र पशु बीमा कार्यक्रममा १० प्रतिशत अनुदानको विषयलाई नीति तथा कार्यक्रममा समेटिएको नगर प्रवक्ता एवं वडा नम्बर १० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए । नगरपालिकाले असार २ गतेसम्म बजेट ल्याउने तयारी गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.