बैतडीमा पासोमा फसेको चितुवा भाग्यो

बैतडी –बैतडीमा पासोमा फसेको चितुवा पासो चुँडालेर भागेको छ । सिगास गाउँपालिका ९ भौतीमा किसानहरुले आलुबारीमा दुम्सीका लागि थापेको पासोमा परेको चितुवा पासो चुँडालेर भागेको हो ।

maya metro hospital

चितुवाको एक खुट्टा मात्रै पासोमा परेको र पासो चुँडालेर भागेको जानकारी आएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलिप यादवले जानकारी दिए । चितुवा पासोमा फसेको जानकारी आएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत टोली बैतडीका लागि हिँडेको थियो ।

joshi vada pasal 2

पासोमा फसेको चितुवा भागेपछि राष्ट्रिय निकुञ्जको टोली बाटोबाटै फर्किएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादवले बताए । पछिल्लो समयमा बैतडीमा पासोमा परेर चितुवा मर्ने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.