धनगढी – धनगढीमा एक घरभित्र सडेको अवस्थामा शव फेला परेको छ । धनगढी उपमहानगरपालीका – ३ मिलन चोक नजिकै रहेको घरभित्र सडेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शवको पहिचान खुल्न बाँकी छ ।
यस विषयमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटना स्थल गएको प्रवक्त कुलदिप चन्दले बताएकाछन् ।