कैलालीमा बुवाले गरे छोराको हत्या

अत्तरिया – कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ६ मट्यारीका ४७ वर्षिय महेश कुमार चौधरीले आफ्नै २१ वर्षिय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन ।

maya metro hospital

अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको बताईएको छ ।

joshi vada pasal 2

प्रहरीले खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागी प्रहरी उपरिक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

महेशलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.