अत्तरिया – मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । प्रशासनले बैसाख १७ देखि ३१ गतेसम्म उजुरी दिन आग्रह गरेको छ ।


उजुरी दिदा सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरिएको छ । ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ बाट निवेदन आह्वान भए बमोजिम यस जिल्ला भित्र रहेका अनुचित लेनदेन ९मिटर ब्याज० बाट पिडितहरुको लागि निःशूल्क निवेदन लिई यसै कार्यालयका कर्मचारीहरुको सहयोगमा फाराम भर्ने गरी यहि २०८० बैशाख १७ गते देखि ३१ गतेसम्म पन्ध्र दिनलाई तोकिएको छ’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ‘सो अनुसारको व्यवस्था मिलाइएको हुंदा व्यहोरा खुलाई सम्वन्धित पिडितहरुले आफुसंग भएका सवै सबुत प्रमाण सहित यस कार्यालय परिसर भित्र स्थापना गरिएको अनुचित लेनदेन मिटर ब्याज पिडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाँचामा फाराम भर्नु हुन सूचित गरिन्छ ।’

