कञ्चनपुर – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउद परराष्ट्रमन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर आउँदै छन् ।


मन्त्री साउद काठमाडौँबाट आज (शनिबार) बिहानको जहाजमा धनगढी आउँदै छन् । नेपाली कांग्रेसका जिल्ला सचिव भीम भट्टका अनुसार मन्त्री साउदले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत कृष्णपुर नगरपालिकाको मालुमेलामा आयोजित ग्वासी समैजी समितिको साधारणसभालाई सम्बोधन गर्नेछन् ।

मन्त्री साउद गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित हुन । मन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला आउन लागेका साउदले पहिलो कार्यक्रम पनि आफ्नै निर्वाचन क्षेत्रमा राखेका हुन् ।
