धनगढीको एसपीए कलेजले सुरु गर्यो ५०० मिटर सरसफाई अभियान

धनगढी – एसपीए कलेजले शुक्रबारबाट ५०० मिटर सरसफाई अभियान सुरु गरेको छ । हरेक संघसंस्था वा कार्यालयले आफ्नो वरिपरिको ५०० मिटरमात्रै सफा राखिदिने हो धनगढीलाई सफा सुग्घर बनाउँन सकिन्छ भन्ने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको हो ।

maya metro hospital

एसपीए कलेजको प्रांग्रणबाट सुरु भएको सरसफाई कार्यक्रम सन्तोषी टोलका सडक, गल्लीहरु हुँदै पुनः कलेजमा आइ टुंग्गिएको थियो । सरसफाई कार्यक्रममा झण्डै २०० बढी विद्यार्थीहरु, प्राध्यापकहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

joshi vada pasal 2

सफा समुदाय, स्वाथ्य जीवन भन्ने नाराका साथ उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको ग्रीन क्लब अफ एसपीएका अध्यक्ष विद्यार्थी सुनिल भण्डारीले बताए ।

ग्रीन क्लिन धनगढीसँगको समन्वयनमा गरिएको उक्त कार्यक्रमलाई धनगढीका अरु शैक्षिक संस्था र कार्यालयहरुमा अभियानका रुपमा विस्तार गरिने ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेले बताए ।

हाल ग्रीन क्लिन धनगढीले विभिन्न संस्था र कार्यालयहरुमा ग्रीन क्लब गठन गरिसकेको छ । ५०० मिटर सरसफाई अभियानलाई प्रत्येक हप्ता हरेक संघसंस्थाबाट गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.