धनगढीमा ट्रोसा दोस्रो चरणको परियोजना शुभारम्भ

धनगढी – दक्षिण एसियाको सीमापार नदी (ट्रोसा) दोस्रो चरणको परियोजना शुभारम्भ गरिएको छ । अक्सफाम, रुडुक लगायतका संस्थाको संयूक्तमा नदी तटिय क्षेत्रमा हुने जोखिमबाट बचाउन तथा दुई देशबिचको सम्बन्ध सुधार गराउनका लागि सन २०१८ देखि लागु भएको परियोजनाको दोस्रो चरणको एक समारोहका बिच शुभारम्भ गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी घोषणापत्रमा हष्ताक्षर गर्दै परियोजनाको शुभारम्भ गरेका थिए । परियोजनाको दोस्रो चरण अग्रेजी वर्ष २०२३ मे १ देखि लागु हुने जनाइएको छ । सो परियोजना महाकाली नदिले छोएका दार्चुला, डडेल्धुरा, बैतडी, कञ्चनपुरका तटिय क्षेत्रमा लागु छ ।

citizen security services

परियोजना अन्र्तगत महिलाको जिविकोपार्जन, आर्थिक शशत्तिकरण, द्घन्द्घ व्यवस्थापन, दुई देशबिचको सम्बन्धमा सुधार, समन्वय तथा सहकार्य लगायतका कार्य गरिने रुडुककी अध्यक्ष नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवाले बताइन ।

attariya hospital

परियोजनाको पहिलो चरणमा महिला समुहमार्फत नदि किनारमा बृक्षारोपण, जनचेतना जगाउने, महिला हिँसा विरुद्धको अभियान, पानी शुद्धता परिक्षण, बाढी पूर्व सूचना प्रवाह लगायतको कार्य भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.