चट्याङ लागेर भारतमा १५ किसानको मृत्यु

एजेन्सी – भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानको मृत्यु भएको छ ।

Karma Consultancy

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

citizen security services

भारतीय मौसम विज्ञान विभागले आगामी चौबिस घण्टामा आंशिक बदली भई मेघगर्जन सहित पानी पर्ने जनाएको छ । सरकारी तथ्यांकअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.