अत्तरिया – कैलालीको अत्तरियामा चिकेन स्टेशन खुल्ने भएको छ । धनगढी अत्तरिया ६ लेन सडक अन्तगर्त अत्तरिया बजारबाट करिब डेढ किलोमिटरको दुरीमा विभिन्न सेवासुविधा सहित चिकेन स्टेशन सञ्चालनमा आउन लागेको हो ।

अत्तरियाक्षेत्रका व्यवसायीद्धय किसन भाट र तारा दत्त जोशीले उक्त चिकेन स्टेशन सञ्चालनमा ल्याउन थालेका छन । भाटले धनगढी रोडमै रहेको एस क्याफे सञ्चालन गर्दै आईरहेका छन भने जोशीले महेन्द्रनगररोडमा आईएमई सेवा सहितको कैनोडा सप्लायर्स सञ्चालन गरिरहेका छन ।


अत्तरिया क्षेत्रमा आवश्यकता महसुस गरेर करिब ६० लाखको लगानीमा चिकेन स्टेशन सञ्चालनमा ल्याउन लागेको सञ्चालक भाटले बताए । स्थानियलाई पारिवारीक वातावरण सहित शान्त होटलमा खाजा नास्ताको व्यवस्था गर्ने लक्ष्य सहित उक्त स्टेशनको योजना ल्याएको उनले बताए ।
उनका अनुसार उक्त स्टेशनमा अत्तरिया क्षेत्रमै पहिलो पटक पिज्जा, बर्गर पनि पाईनेछन । यस अघि पिज्जा वा बर्गरका लागी धनगढी जानुपर्ने बाध्यता रहेकामा अब भने अत्तरियामा नै उक्त सेवाहरु प्राप्त गर्न सकिने उनले बताए । उनले अत्तरियाक्षेत्रमा अर्डर अनुसार डेलिभरीको समेत सुविधा रहेको बताए ।
उनले पिज्जा, बर्गरका साथै उक्त स्टेशनमा चिकेनसम्बन्धीका सम्पुर्ण परिकारहरु पाईनुका साथै अन्य विभिन्न चाईनिज तथा ईन्डियन परिकारहरु समेत पाईनेछन । यही वैशाख १८ गते उद्घाटन गरिने उक्त चिकेन स्टेशनको सम्पुर्ण तयारी पुरा भैसकेको भाटले बताएका छन ।
