परराष्ट्रमन्त्रीमा एनपि साउँद, राष्ट्रपतिबाट लिए शपथ

अत्तरिया – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

maya metro hospital

आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । साउद यसअघि सिँचाइमन्त्री समेत बनेका थिए ।

attariya hospital

कांग्रेस केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले दाहाल नेतृत्को मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रुपमा पठाएका हुन् । वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहँदा साउँदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो । यद्यपि सरकारले पूर्णता पाइसकेको छैन । कांग्रेसले सरकारमा थप पाँच मन्त्री पठाउने तयारी गरेको छ । तर त्यसका लागि सभापति देउवा र शेखर कोइराला पक्षबीच सहमति जुटिसकेको छैन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.