बैतडी – बैतडीमा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएको हो ।
शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेको बैतडी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।